छिमेकी मित्रराष्ट्रहरूको संवेदनशीलताप्रति सजग छौंः एमाले (पूर्णपाठसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदानसम्बन्धी सम्झौता प्रतिनिधिसभाको आइतबारको बैठकबाट अनुमोदन भइसकेको छ । एमसीसी अनुमोदनसँगै निहीत स्वार्थसहित चालिएका चाल र चलाइएको प्रचारबाजीको पटाक्षेप भएको एमालेले बताएको छ ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘यसक्रममा फिँजाइएका भ्रम तथा विभिन्न रंग र आकारका पुलिन्दा निर्माण गरी बिक्री गर्न खोजिएका घिनलाग्दा स्वार्थहरुले द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी, ऋण वा अनुदान सहायता प्राप्त हुने प्रक्रिया, प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयन प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता–गठबन्धनका केही नेताहरुमा रहेको अज्ञानता वा गैरजिम्मेवारपन प्रकट भएको छ । राष्ट्रिय हितको वास्ता नगरी आफ्नै क्षुद्र र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरुका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरुको अविश्वसनीयता समेत उदाङ्गो भएको छ ।’ त्यस्तै एमालेले राष्ट्रको हित प्रतिकूल नहुने गरी एमसीसी सम्झौता कार्यान्वयन हुनुपर्ने बताएको छ ।

एमसीसीबारे एमालेको धारणाको पूर्ण पाठ