रुपन्देहीको बेलहिया नाका आजबाट ४८ घण्टा बन्द हुने


यमलाल भुसाल, बुटवल  ।
नेपाल भारत सीमा नाका रुपन्देहीको बेलहिया नाका आज मंगलवार देखि ४८ घण्टा बन्द हुँदै छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार भारतको महाराजगन्ज जिल्लासँग जोडिएका रुपन्देहीका बेलहिया लगायतका सीमा नाका मंगलवार बेलुका ६ बजेदेखि बिहीबार बेलुका ६ बजेसम्म बन्द हुने भएको छ ।
भारतको उत्तर प्रदेशमा रहेको महाराजगन्ज जिल्लामा बिहीबार विधान सभाको चुनाव हुँदै छ । चुनावी सुरक्षालाई ध्यान दिँदै भारतीय पक्षको आग्रहमा सीमा नाका बन्द गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।