खल्तीबाट नेसनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी



काठमाडौ (नेस) ।

खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै ल्याएको १०प्रतिशत क्यासब्याक को अफर ल्याएको छ ।

समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउदै ल्याइएको यो सेवाले तुरून्तै बिल भुक्तानीलाई सजिलो बनाउने खल्तीले जनाएको छ । प्रयोगकर्ताले १० प्रतिशत क्यासब्याक १ सय रूपियाँ पाउनका लागि प्रोमोकोड नेसनल १०० प्रयोग गरि प्राप्त गर्नसक्ने सकिने कम्पनीले जनाएको छ ।

५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रूपमा भेरिफाई गराएको हुनुपर्ने कम्पनीले जनाएको छ । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी गरि ६० हजारभन्दा सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्