एनएमबीका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा सहुलियत



काठमाडौं (नेस) ।

एनएमबी बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टर उपचारका लागि आउनुभएका व्यक्ति तथा कर्मचारीहरूलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलिक्लिनिक हो ।

उक्त समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरूमा एनएमबी बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको छ । उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरू तथा कर्मचारीहरूलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधि खरिद, ल्याब परिक्षणहरू र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउनेछ ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख–रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक ऋचा श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्