रुसी हमलामा ३५२ युक्रेनीको मृत्यु , १६८४ जना घाइते

0
Shares

एजेन्सी ।

युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १४ बालबालिका पनि छन् । रुसी हमलामा ११६ बालबालिकासहित १६८४ सर्वसाधारण घाइते भएका छन् । तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन् ।

त्यस्तै, रुसी सेनाले पनि युद्धमा आफ्नो तर्फबाट पनि केही क्षति भएको जनाएको छ । रुसी सेनाले पहिलो पटक आफ्नोतर्फ क्षति भएको स्वीकारेको हो । युक्रेन आक्रमणमा आफ्ना केही सेना मारिएको बताए पनि कुनै तथ्यांक दिएको छैन् । युक्रेनले ४३ सय रुसी सैनिक मारिएको दाबी गरेको छ ।