बानेश्वर क्षेत्र तनावग्रत: प्रदर्शनकारी र प्रहरीबीच झडप

0
Shares

न्युज अफ नेपाल काठमाडौं ।

अमेरिकी सहयो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ ।

सरकारले व्याख्यात्मक टिप्पणीसहित आजै एमसीसी पारित गर्ने तयारी गरेपछि प्रदर्शनकारीले प्रदर्शनलाई उग्र बनाउँदै लगेका छन् ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका छन् । प्रहरीले पनि लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेको छ । बानेश्वर क्षेत्रमा सडक खाली गरेर प्रहरीले ब्यारिकेड राखेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र ​तोड्ने प्रयास गरिरहेका छन् ।