संसद् बैठकअघि मन्त्रिपरिषद्‌‌को बैठक बस्दै


न्युज अफ नेपाल, काठमाडौं ।

एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ । मन्त्रिपरिषद बैठक ३ बस्ने भनिएपनि ठाउँ नतोकिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

आइबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो । सो टिप्पणी मन्त्रिपरिषद्‌बाट पारित गर्ने तयारीमा सरकार रहेको छ ।