एमसीसीको विरोधमा माओवादी कार्यकर्ताको प्रदर्शन


न्युज अफ नेपाल, काठमाडौं ।

सत्ता गठबन्धनमा समझदारी बनिसकेकाले आइतबारै प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेलामा एमसीसीको विरुद्धमा प्रदर्शन गरिएको छ ।

संसद्मा एमसीसी टेबल भइसकेदेखि नै थालिएको एमसीसी विरुद्धको प्रदर्शनालाई आइतबार पनि निरन्तरता दिइएको हो । बानेश्वरमा एमसीसी लागू गर्न नहुने भन्दै विभिन्न दलमा आबद्ध भ्रातृ संगठनहरुले प्रदर्शन गरेका छन् ।

बानेश्वर क्षेत्रमा माओवादी निकट कार्यकर्ताहरुले केहीबेर नाराबाजी गरेर फर्किएका छन् । राप्रपाले भने प्रदर्शनलाई जारी राखेको छ । आइतबार भने यसभन्दा अघिका एमसीसी विरोधी प्रदर्शनमाझैं प्रदर्शनकारीहरु पनि निकै कम देखिएका छन् । आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर पारित गर्ने तयारी गरिएको छ ।