भारतमा नेपाली युवक पक्राउ


एजेन्सी ।

भारतीय प्रहरीले मुम्बइको एउटा सैलुनबाट एक नेपाली युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बइको प्रिया रेसिडेन्सी खारघरका ३० वर्षीय मणी धनु अधिकारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी मुम्बईमा बसोबास गर्दै आएको मुम्बई प्रहरीले जनाएको छ ।

मुम्बई प्रहरीको अपराध शाखाले अधिकारी पक्राउ परेको सैलुनबाट तीन महिलाको उद्धार गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि युनिसेक्स सैलुनभित्र देह व्यापारको -याकेट चलाएको आरोप लागेको छ । सैलुनका मालिकसहित अन्य तीन आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ । सो सैलुनभित्र देह व्यापार चलिरहेको प्रहरीले आशंका गरेको छ ।