नेकपा एसको स्थायी कमिटि बैठक जारी

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेकपा एस एकीकृत समाजवादीको स्थायी कमिटि बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीबारे पार्टीको साझा धारणा तय गरिने जनाइएको छ । नेकपा एस एमसीसीको विपक्षमा उभिने भने पनि पार्टीभित्र दुई धार देखिएको छ ।

अध्यक्ष माधव कुमार नेपाल यसको समर्थनमा छन् भने सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् ।आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने भएपछि साझा धारणा बनाउन बैठक डाकिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।