कांग्रेस सांसदलाई दुई घण्टाअघि संसद भवन उपस्थित हुन ह्विप

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसदलाई आइतबार बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको थियो । तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ ।

आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुन दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको हो । निर्देशनअनुसार कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन् । संसदीय दलको कार्यालयले आफूहरुलाई बिहानै संसद भवनमा पुग्न निर्देशन दिएको सांसद लक्ष्मी परियारले जानकारी दिइन् ।