किसानले व्याज अनुदानमा ऋण पाउने



मुगु ।

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहिले कर्णाली प्रदेशका किसानले व्याज अनुदान सहुलियत ऋण पाउने बताउनुभएको छ । सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो बताउनु भएको हो ।

कृषि विकास कार्यालय मुगु र पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुले संयुक्त रूपमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा सञ्चालन भएको व्याज अनुदान कार्यक्रम अनुसार किसानले व्याज अनुदानमा ऋण पाउने प्रमुख अथितिसमेत रहनुभएका मन्त्री शाहीले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा जिल्लाका समूह सहकारी तथा निजी फर्म हरूलाइ ऋण प्रबाह गर्ने प्रावधान रहेको छ । सबै किसानलाई कृषि व्यवसायमा समाहित गर्दै किसानको आर्थिक स्थितिमा सुधार ल्याउन जिल्लाका सडक सञ्जालको पहुँचमा नपुगेका बस्तीहरूको जग्गाको मूल्यांकनका आधारमा समेत किसानलाई ऋण उपलब्ध गराउने कार्यक्रममा छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा जिल्लाका सबै किसानले सजिलै ऋण प्राप्त गर्ने सक्ने बताइएको थियो । किसानले व्यवसायअनुसार करिब १ करोडसम्म ऋण पाउनेछन् । जसको व्याज रकम ७ प्रतिशत मन्त्रालयले बेहोर्ने र बाँकी २ प्रतिशत किसानले बेहोर्ने प्रावधान रहेको मन्त्रीका निजी सचिव वीरेन्द्र मल्लले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रम मुगुका सम्पूर्ण सरोकारवाला निकायको सहभागितामा सञ्चालन भएको थियो । व्याज अनुदान ऋण प्रदान कार्यक्रम छिट्टै नै किसानहरूलाई सूचना जारी गर्दै किसानहरूका मागअनुसार कार्यान्वयनमा ल्याउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्