प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने



न्युज अफ नेपाल, काठमाडौं ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहीबार भने बस्न लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गर्नु भएको थियो । संसदमा अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले बैठक रोक्न लगाउनु भएको बताइएको छ ।

आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यक्रममा पनि एमसीसी समेटिएको छ। संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।

‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एसीसी०बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्