संसद भवनमा कांग्रेस र एमाले शीर्ष नेताहरूबीच छलफल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

संसद बैठक स्थगित भएपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमै देउवा र ओलीबीच छलफल सुरु भएको हो ।

एमसीसीलाई संसदमा छलफलमा लैजान कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले संसद बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए । एमसीसीमा सहमति जुटाउन आजको बैठक सारेका प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको साथ लिन ओलीसँग वार्ता थालेका हुन् ।