कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थिथत संसद भवनमा जारी समितिको बैठकले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ ।

बिहीबार दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल गरियोस् भन्दै प्रस्ताव पेस हुने बुधबार सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको थियो । एमसीसी अनुमोदन गर्न नहुने भन्दै आन्दोलनन भइरहेका बेला सत्तारुढ दल पनि विभाजित भएका छन् ।