यस्तो छ संसद बैठकको कार्यसूची (पत्रसहित)


न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।

कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।