विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा प्रहरी कार्यालयले अवैध रुपमा ल्याइएकाे अमेरिकी डलरहित एक जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार ४५ वर्षीय सतिश पर्सोत्तम सज्नानी २० हजार १ सय ५० अमेरिकी डलरसहित पक्राउ परेका हुन् ।

उनी फ्लाई दुबईको विमानमार्फत दुबई जान लागेका थिए । प्रहरीले उनको साथबाट ३१ हजार ६ सय नेपाली रुपैयाँ, यूएई दिराम एक हजार ३ सय ५५ सहित अन्य केही देशका मुद्रा पनि बरामद गरेको छ । पक्राउ परेका सज्नानीलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग बुझाइएको प्रहरीले जनाएको छ । एक्स रे मेसिनमा जाँच गर्दा सज्नानीले बोकेको ह्यान्ड ब्यागमा पैसा भेटिएको हो । सतिश मंगलबार दिउँसो पक्राउ परेका हुन् ।