चुनाव रोक्ने अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको मितिविरुद्ध परेको रिटमा कारण देखाउन आदेश जारी गरेको छ ।

महोत्तरी भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्ने माग गर्दै दायरको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले निवेदकको मागबमोजिम वैशाख ३० मा एकैचरणमा चुनाव गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । २०७४ असोज २ निर्वाचित मेयर साहले वैशाख ३० चुनाव हुँदा आफ्नो कार्यकाल पूरा नहुने र यो असंवैधानिक हुने जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् । सुरुमा उनको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो ।

पछि न्यायाधीश ईश्वर खतिवडाको इजलासले दरपीठ आदेश बदर गर्दै रित पुर्‍याएर निवेदन दर्ता गर्न भनेको थियो । न्यायाधीश श्रेष्ठको इजलासमा मंगलबार भएको प्रारम्भिक सुनुवाइमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।