थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, ८३१ जना संक्रमणमुक्त

0
Shares

न्युज अफ नेपाल , काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।