कल सेन्टर सञ्चालन गरी ठगी गर्ने चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित थप ८१ जनालाई प्रहरीले पक्राउ गरेको छ । घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ भक्तपुरमा राखिएको छ । यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए । मध्य बानेश्वर क्षेत्रबाट पक्राउ पर्नेमा १३ जना युवती र २३ जना युवक छन् । उनीहरु २० देखि २५ वर्षका रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।