आईसीसी टी-२० विश्वकप: यूएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा


न्युज अफ नेपाल, काठमाडौं ।

आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स यूएईविरुद्ध टस हारेपछि नेपालले फिल्डिङ गर्ने भएको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेल जिते नेपाल दोस्रो पटक टी-२० क्रिकेटको विश्वकपमा स्थान बनाउने छ । यसअघि नेपाल र यूएईबीच चारचोटि भेट भएकामा दुवैले दुई दुई जित हात पारेका छन् ।