सर्वोच्चद्धारा एमसीसीविरुद्धको रिट दरपीठ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध परेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ। सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै प्रशासनले दरपीठ गरेको हो। एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा रिट दिएका थिए।

रिटमा संसदबाट अनुमोदन गर्दाको बहुमत संख्याको व्याख्या गर्न माग गरिएको छ । मंगलबार सर्वोच्च अदालत प्रशासनले भण्डारीको रिट दरपीठ गरिदिएको छ । सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उनको रिट दरपीठ भएको हो । सो दरपीठका विरुद्ध भण्डारी निवेदन लिएर पुनः सर्वोच्च जाने तयारी गरेका छन् ।