जेब्रा झोलामा भेटिएको शवको पहिचान खुल्यो, मृतक झापाका दिनेश सिग्देल



न्युज अफ नेपाल , सुनसरी ।

एक हप्ताअघि सुनसरीको धरान-४ स्थित जंगलमा विभत्स हत्या गरिएको अवस्थामा जेब्रा झोलामा फेला परेको शवको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार उक्त शव दमक-५ का ४३ वर्षीय दिपक सिग्देलको हो । सुनसरी प्रहरीका अनुसार सोमबार अबेर उनको पहिचान भएको हो । सिग्देलका परिवारले शवको सनाखत गरेका हुन् ।

गत बुधबार सो स्थानमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो । शव पहिचान भएसँगै अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले विश्वास गरेको छ ।

प्रहरीका अनुसार सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरी बताउँछ । त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्