युएसएआईडीद्वारा विपद् व्यवस्थापनका क्षेत्रमा नयाँ परियोजनाको आह्वान

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

संयुक्त राज्य अमेरिका विकास एजेन्सी युएसएआईडीको माध्यमबाट अमेरिकी जनताको उद्धार समर्थनमा नयाँ परियोजनाको आह्वान गरिएको सोमबार ठमेलमा आयोजित पत्रकार अन्तर्क्रिया कार्यक्रममा जानकारी गराइयो । हाल नेपालका दाङ, सुर्खेत, दोलखा, गोदावरी नगरपालिका लगायतका लगायतका ८ वटा पालिकामा प्रत्यक्ष छलफल र अध्ययनबाट प्राप्त राय सुझावका आधारमा विपद् व्यवस्थापनमा काम गर्दै आएको तयार नेपालले नेपालमा प्रकोप प्रतिरोधका लागि निजी क्षेत्रलाई संलग्न गराउने नयाँ परियोजनामा आबद्ध हुन यही फागुन ९ गते देखि चैत्र ७ गते सम्मका लागि आवेदन खुल्ला गरेको जनाएको ।

युएसएआईडीको तयार नेपालले नेपालमा विपद् व्यवस्थापनमा योगदान पुर्‍याउने अभिनव र दिगो समाधानको खोजीमा निजी क्षेलाई संलग्न गराउने मुख्य उद्देश्यका साथ एउटा नवीन पहल डिआरआरएम प्राइभेट सेक्टर इनोभेसन च्यालेन्ज आयोजन गर्ने भएको छ । च्यालेन्जको अवधिमा, नेपालभरका सम्भावित स्टार्टअपहरु अवस्थित व्यवसायहरूबाट आवेदनका लागि खुल्ला कल मार्फत आवेदनहरू दिन सकिने र प्राप्त निवेदनहरू मध्येबाट १० नयाँ परियोजना, व्यवसायहरूलाई गहन रूपमा ५ दिने बुट क्याम्पको लागि छनोट गरिनेछ ।

बुट क्याम्पबाट परियोजनाहरूलाई आवश्यक व्यवसाय सम्बन्धी सीप र तालिम उपलब्ध गराइने प्राक्टिकल एक्सन कन्सल्टिङमा निजी क्षेत्रको लिड मिलन जोशीले जानकारी गराउनुभयो । जोशीले दिनुभएको जानकारी अनुसार बुटक्याम्प, ४ वैशाख देखि ८ वैशाख २०७९ सम्म आयोजना गरिनेछ र एक पिचिङ कार्यक्रमसँग समाप्त हुनेछ ।

यो अवधिमा सहभागीहरूले निर्णायकको प्यानलको अगाडि आफ्नो व्यवसाय प्रस्तुत गर्नेछन् । ती नउत्कृष्ट व्यावसायिक परियोजनाका विचारहरूलाई बजारमा ल्याउनका लागि थप ४ महिनाको गहन कार्यक्रमका लागि छनोट गरिने जोशीले जानकारी गराउनुभयो । परियोजनाका विषयमा प्राक्टिकल एक्सन कन्सल्टिङद्धारा ९ फागुन २०७८ मा अलफ्ट काठमाडौँमा आयोजनाको उद्देश्य र विवरणहरू साझा गर्न मिडिया अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । वक्ताहरूको प्यानलमा तयार नेपालकी पार्टी प्रमुख ट्यामी ह्यारिस र श्रीनगर ग्रुप अफ कम्पनीका निर्देशक मौसमी श्रेष्ठ आफ्नो धारणा राख्नुभएको थियो ।

ह्यारिसले तयार नेपालले नेपालको विपद् जोखिम  व्यवस्थापन र पूर्वतयारी संस्थाहरूको क्षमता र निजी क्षेत्रको नवप्रवर्द्धन चुनौतीको दृष्टिकोणलाई कसरी बलियो बनाउँछ भन्ने बारेमा सञ्चारकर्मीहरूलाई जानकारी गराउनुभयो । त्यसैगरि जोशीले परियोजनाको प्रक्रियाबारे बृहत् रूपमा जानकारी गराउनुका साथै पिसिआईसी एउटा यात्राको प्रारम्भ हो जसको गन्तब्य नेपालमा डिआर आरएममा निजी क्षेत्रको गहन संलग्नता हो भनी बताउनुभयो ।

सोही अवसरमा श्रेष्ठले यस्ता पहलहरूको महत्त्वलाई जोड दिनुभयो र नयाँ आइडियाहरू र स्टार्टअपहरूलाई यस अवसरबाट लाभ लिन आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुद्धारा राखिएको जिज्ञासाको बारेमा आयोजक संस्थाका प्रतिनिधिहरूले प्रस्ट्याएका थिए । एक महिनाका लागि खुल्ला गरिएको विपद् व्यवस्थापन परियोजनामा नयाँ नयाँ संस्थाहरूलाई प्रवेश गराई व्यावसायिक रूपमा अघि बढ्न सीप सिकाउने र बाटो देखाउने यूएसएआईडीको उद्देश्य रहेको जानकारी गराइयो ।