बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु


न्युज अफ नेपाल,बैतडी ।

बैतडीको पाटन नगरपालिका– ३ डबरामा टिप्पर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गजुरबाट काठ लोड गरेर पाटनतर्फ आइरहेको टिप्पर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाही जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , भर्खर घटनास्थल पुग्याैँ ,३ जनाको मृत्यु भएको छ, विस्तृत विवरण आउन बाकी छ । दुर्घटनामा ठुलो हाताहाती भएको हुनसक्ने बताइएको छ ।