क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य


न्युज अफ नेपाल, काठमाडौं ।

आईसिसी टी-२० विश्वकपको छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

नेपालका बलरसामु क्यानडाका ब्याट्सम्यान निरीह बनेका छन् । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको छ । नेपाललाई ८१ रनको टार्गेट दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको क्यानडाका ब्याटर नेपालका खेलाडीसामु खुलेर खेल्न सकेनन् । १० ओभरको समाप्तिसम्म क्यानडाले आफ्ना महत्वपूर्ण आठ विकेट गुमाइसकेको थियो । क्यानडाले १० ओभरमा ८ विकेट गुमाएर ४८ रन बनाएको थियो । क्यानडाविरुद्ध सन्दीप लामिछाने र कमलसिंह ऐरी हाबी देखिए । सन्दीपले तीन र ऐरीले दुई विकेट लिए ।