ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

बैंकिङ कसुरमा ग्रीनलाइनका सञ्चलक अमित अग्रवाल पक्राउ परेका छन् ।बैंकिङ कसुरको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको जनाएको छ ।

व्यवसायी सञ्जय अधिकारी र टंक शम्शेर जबराको चेक बाउन्स भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । अधिकारीको ५० लाख रुपियाँको र जबराको डेढ करोड रुपियाँको चेक नसाटिएपछि उनीहरुले उजुरी गरेको प्रहरीको भनाई छ । एभरेष्ट, मेगा, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेण्ट बैंकबाट उनले ८० करोड बढी ऋण लिएका छन् । आयात गरेको मदिरा बिक्री गरेर पनि पैसा तिर्न छाडेपछि बैंकले उनको पसल सिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्