शल्यक्रियासहितको प्रसूति सेवा पुनः सञ्चालनमा


न्युज अफ नेपाल, रामेछाप ।

रामेछाप जिल्लामा रहेको एक मात्रा शल्यक्रिया सहितको प्रसूति सेवा पुनः सञ्चालनमा आएको छ ।कर्मचारीको अभावमा डेढ वर्ष देखि बन्द भएको सेवा मङ्गलवार देखि पुन: सञ्चालनमा आएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई मन्थली अस्पतालमा स्तरोन्नति गरे सँगै शल्यक्रिया सहितको प्रसूति सेवा सुचारु भएको हो ।डाक्टर समीर क्षेत्रीसहित सात जनाको टिमले नगरकै वडा नं ५ सुनारपानीकी २२ वर्षीय गर्भवती महिला मनीषा थापा कार्कीको सफल शल्यक्रिया गर्न सफल भएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनुभयो ।

फुयाँलले शल्यक्रिया सफल भएको र आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भयो । मन्थली अस्पतालमा अब जटिल बाहेक सबै उपचार सेवा दिन सकिने बताउनु भयो ।मन्थलीमा शल्यक्रिया सहितको प्रसूति सेवा सुरु भए पछि प्रसूतिको लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको छ ।

बर्थिङ सेन्टर बन्द हुँदा जटिल खालको प्रसूति गराउन जिल्लाबाहिरै जानुपर्ने बाध्यता रहेको थियो ।सामान्य रूपमा सुत्केरी हुन नसकेका महिलाहरूको शल्यक्रिया गरेर बच्चा निकाल्ने यो सेवा बन्द हुँदा रामेछाप, ओखलढुङ्गा, सिन्धुली र दोलखाका गर्भवती महिलाको शल्यक्रिया गर्नुपर्दा धुलिखेल तथा काठमाडौं पु-आउनुपर्ने बाध्यता थियो ।  २०७३ वैशाखबाट सुरु भएको यो सेवा चिकित्सकको अभावमा पटक पटक बन्द र सुचारु हुँदै आएको छ ।