हत्या आरोपित छोरा पक्राउ



संखुवासभा, (नेस) ।

संखुवासभाको सभापोखरी गाउँपालिका–२ वितलवमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । आफ्नै ५० वर्षीय बुबा दलबहादुर दर्जीको निर्मम हत्या गरेको आरोपमा १७ वर्षीय छोरा पक्राउ परेका हुन् ।

बुबाको हत्यामा संलग्न साहिँला छोरालाई शनिबार पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी सुतिरहेको अवस्थामा शुक्रबार राति ११ बजे फलामको ह्याम्मरले प्रहार गरी बुबा दलबहादुरको निर्मम हत्या गरेको जिल्ला प्रहरी कार्यालय खाँदबारीका प्रहरी निरीक्षक शुभेश अधिकारीले बताउनुभयो । मृतक दलबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

मादक पदार्थ सेवन गरी राति घर आएका छोरा र बुबाको वादविवाद भएपछि बुबा सुतेका थिए । ‘छोराले सुतिरहेकै अवस्थामा फलामको ह्याम्मर प्रहार गरेर हत्या गरेको घटनास्थलको प्रकृति हेर्दा देखिन्छ ।’ –वडा सदस्य लालबहादुर श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्