हिमानी कोषद्वारा विद्यार्थीलाई सहयोग



बाँके, (नेस) ।

हिमानी कोषले नेपालगन्जका विद्यार्थीलाई सहयोग गरेको छ । पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह र पूर्व शाहज्यादी दिलाशा राज्यलक्ष्मी राणाले यहाँका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पानी स्वतः प्रशोधन हुने बोतल र मास्क गर्नु भएको छ ।

नगरको हनुमान प्रावि, नेपाल राष्ट्रिय आधारभूत विद्यालय घरबारी टोली र पाटेश्वरी आधारभूत विद्यालयका ६ सय विद्यार्थीलाई पानी स्वत ः प्रशोधन हुने बोतल र मास्क सहयोग गरिएको हो । सो अवसरमा नगर प्रमुख डा. धवलशमशेर राणाले हिमानी कोषले यसअघि पनि नगरमा सिलाइकटाइ तालिम प्राप्त महिलालाई मेसिन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

हिमानी कोषका कार्यालय प्रमुख उत्तम निरौला, कानूनी सल्लाहकार अनिता केसी, नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य इन्दिरा शाहीलगायतले हिमानी कोषले मानवीय सहयोगप्रति आभार प्रकट गर्नुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, सन्त श्री निवासलगायतको कार्यक्रममा सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्