संसदमा एमसीसी टेबुल गर्ने निर्णयमा माओवादी सांसदको लिखित असहमति (पत्रसहित)


न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गर्ने विषयमा नेकपा माओवादी केन्द्रका सांसदहरुले असहमति जनाएका छन् । आज बसेको कार्य व्यवस्था समितिमा माओवादी सांसदहरुले लिखित असहमति राखेका हुन् ।

माओवादी सांसद देव गुरुङ, रेखा शर्मा र जययुरी घर्तिले लिखित असहमति प्रकट गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी र लोकसेवा आयोग विधेयक पेस गर्ने तयारी छ । आज बिहान शीर्ष नेताहरुको बैठकमा एमसिसी सदनमा लैजाने र त्यहीँ छलफल गर्ने समझदारी बनेको थियो ।