बैरेनी जग्गा एकीकरण आयोजना स्वीकृत



तनहुँ (नेस) ।

व्यास नगरपालिकाले एकीकृत जग्गा विकास परियोजनाअन्तर्गत तयार गरेको बैरेनी जग्गा एकीकरण आयोजनालाई नेपाल सरकार सहरी विकास मन्त्रालयले स्वीकृति प्रदान गरेको छ । एकीकृत जग्गा विकास परियोजनाअन्तर्गत तयार गरेको बैरेनी जग्गा एकीकरण आयोजनालाई मन्त्रालयले स्वीकृति प्रदान गरेको हो ।

मन्त्रालयले फागुन २ गते सोमबारको राजपत्रमा सूचना प्रकाशित गरी स्वीकृति प्रदान गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार व्यास नगरपालिका–१० (साविक फराकचौर वडा नं ८ (घ) र (ङ)) अन्तर्गतका जग्गाहरूमा परियोजना सञ्चालन गरिने नगरपालिकाका वरिष्ठ इन्जिनियर रविन्द्रलाल मूलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वतर्फ व्यास मार्गदेखि ५० मिटरभित्रबाट शुरू फराकचौर ८ ङ (३८७, ४०९, ३३०, ३७०, ३४८, ९७२, ५९३, ६८७, ९४८, ९४९, १०१, १००, ५१६, ९६५,९६२, ९६०, ९६१) र फराकचौर ८ घ (५१४, ४९०, ४५६, ४२८, ४८३, ४७६, ४७५, ४७७, १६०, ५७२, ४१७, ७३१, ७३२, ८४२, ८४५, ८४४, ९२७, ६९) देखिभित्रका कित्ताहरू परियोजनामा समेटिनेछन् ।

त्यस्तै, पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३), फराकचौर ८ घ (२, १२०६, १२०५) देखिभित्रका कित्ताहरू समावेश भएका छन् । उत्तरतर्फ बोटेनी खोल्सी फराकचौर ८ ङ (२९०, ४३, ८९५, २६५, २६७) देखिभित्रका कित्ताहरू रहेका छन् भने दक्षिणतर्फ व्यास मार्गको प्रतिक्षालय चोकदेखि बोटे संग्रहालय जाने बाटो फराकचौर ८ घ (३९०, १३०, १२६०, १४६७, १३३६, ७४२, ७४१, १५१४, १५१५, १२४२, १२४४, १२४५, १२४६, ८८८, ८८७, ८८६, १५४८, १५४६, १५४७, ४०७, ५८५, १३४६) देखि भित्रका कित्ताहरू समावेश गरिएको मूलले बताउनुभयो ।

बैरेनी जग्गा एकीकरण आयोजनाअन्तर्गत १ हजार ५३६ रोपनीको सम्भाव्यता अध्ययन भई पहिलो चरणमा २६१ रोपनीमा जग्गा विकास योजना लागु गर्न संघीय मन्त्रालयको सहमति प्राप्त भएको उहाँले बताउनुभयो ।

‘व्यास नगरपालिकाको व्यवस्थित शहरीकरणको अभियानमा यो स्वीकृतिले कोसेढुंगा सावित हुने महसुस गरिएको छ,’ वरिष्ठ इन्जिनियर मूलले भन्नुभयो, ‘यस अभियानमा सहयोग पुर्याउनुहुने स्थानीय जग्गाधनीहरू, समितिका पदाधिकारी सदस्य, जनप्रतिनिधि, विज्ञ समेतमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।’

उक्त आयोजनाअन्तर्गत व्यास ११ रानीगाँउमा १ हजार १२६ रोपनीको सम्भाव्यता अध्ययन भएको, व्यास–६ शिशाघाटमा नयाँ शहर अवधारणासम्बन्धी प्रस्ताव नगर विकास कोषमार्फत सहरी विकास विभागमा अगाडि बढाइएको र व्यास–५ मानहुँकोटको गुरुयोजनासमेत तयार भएको मूलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्