पूर्वखोलाका घरघरमा धारा



पाल्पा ।

जिल्लाको पूर्वखोला गाउँपालिकाभित्रका ग्रामीण क्षेत्रमा खानेपानीको सुविधा पुगेपछि गाउँलेले राहतको अनुभूति गरेका छन् । गाउँपालिकाले खानेपानी नभएका दुर्गमदेखि सुगमका ग्रामीण क्षेत्रमा पछिल्लो समय खानेपानीको सुविधा पुर्याएपछि यहाँ एक ग्रागो पानीका लागि घण्टौं उकालोओरालो बाटो हिड्नुपर्ने बाध्यता हट्दै गएको छ ।

त्यसो त खानेपानी सुविधाले गर्दा पहाडी भेगबाट खानेपानीकै समस्याका कारण तराई क्षेत्रमा बसार्इं सराई बढ्दै गएको समयमा गाउँपालिकाले एक घर एक धारा अभियान अन्तिम चरणमा पुर्याएसँगै यहाँका अधिकांश घरहरूमा खानेपानीको सुविधा पुगेको छ । घरदैलोमा खानेपानीको सुविधा पुगेपछि स्थानीयवासीहरूमा खुसीयाली छाएको छ । यहाँका ग्रामीण क्षेत्रमा खानेपानीको सुविधा नहुँदा बसार्इं सराईसमेत बढेर गएको थियो । अब भने बसाईं सराई रोकिनेमा स्थानीयले विश्वास लिएका छन् । गाउँपालिकाले पहिलो प्राथमिकता दिएर प्रदेश र केन्द्र सरकारको समन्वय र सहयोगमा एक घर एक घारा अभियानलाई सफल बनाउन लागिपरेको छ ।

गाउँपालिकाभित्र अहिले ८० प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको छ । गाउँपालिकाले पुराना खानेपानीका योजनाहरू मर्मत गरी व्यस्थित गर्ने र डाँडाकाँडामा समेत लिफ्ट प्रविधिबाट नयाँ योजना सञ्चालन गरी घर–घरमा खानेपानी सुविधा पुर्याउँदै आएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।

सरकारी निकायसँगै गोर्खा वेलफेर ट्रस, खानेपानी सरसफाई डिभिजन कार्यालय र फनवोर्डले गाउँपालिकाको एक घर एक धारा अभियानामा सहयोग गर्दै आएका छन् । गाउँपालिका–१ सिलुवामा मस्ला लिफ्ट खानेपानीबाट ६० घर परिवार, सानो गल्धा लोस्दी लिफ्ट खानेपानी योजनामार्फत एक सय घर परिवारमामा निजी धारा जडान भएका छन् । गाउँपालिका–२ जल्पामा लामे खैरेनी खानेपानी योजनाबाट ८० घरपरिवार र साठीकोल लिफ्ट खानेपानी योजना ६५ घर परिवारमा धारा जडान गरी उपभोक्ताले घरदैलोमा खानेपानीको सुविधा पाएका छन् ।

गाउँपालिका–३ रिङ्नेरहमा द्वारीगौडा खानेपानी योजनाबाट ५० घर परिवार, रोङढेङ्ग देउराली लिफ्ट खानेपानी योजनाबाट ६० घर परिवार, ताल्तुङ तामाखानी खानेपानी योजनाबाट ५० घरपरिवार र झेरुदी खानेपानी योजनाबाट ४२ घर परिवारले घर घरमै खानेपानीको धारा जडान गरी सुविधा लिएका छन् ।

घर घरमै खानेपानीको धारा छ, पानी भएपछि गाउँमा तरकारी खेती बढेको छ, अहिले व्यावसायिक रूपमै फर्म दर्ता गरेर तरकारी खेतीमा लागेको उपभोक्ता टेकबहादुर बाह्रघरेले बताउनुभयो । अधिकांश मगरबस्ती रहेको वडा ४ देवीनगरमा देवीनगर लिफ्ट खानेपानीबाट ८० घर परिवार, बेसराघा खानेपानी योजनाबाट २० घरपरिवार र केराउली लिफ्ट खानेपानी योजनाबाट ३० घर परिवारले नयाँ धारा जोडेका छन् । ३ बजे राति उठेर पानी बोक्न जानुपथ्र्यो, छोरा छोरीलाई समेत पानी बोक्न खटाउनुपथ्र्याे, अहिले घर घरमै धारा भएपछि सुखका दिन आएको बालबालिकाले पढ्न समय पाएको, अहिले त गाउँमै शहर बजारजस्तै सुविधा पाएको कुमारी घर्ती मगरले बताउनुभयो । पालिकाले वडा ५ वीरकोटमा शिखरडाँडा खानेपानी योजना ६० घर परिवार, कुर खानेपानी योजनाबाट १२ घरपरिवार, छापडाँडा खानेपानी योजनाबाट २५ घर परिवार गरी ९७ घर परिवारमा नयाँ खानेपानी धारा जडान गरिएको छ ।

अधिकांश डाँडाकाँडा लेकमा रहेको वडा ६ हेक्लाङमा पनि अधिकांश घरधुरीमा खानेपानी सुविधा पुगेको छ । हेक्लाङमा लाकुरी खानेपानी योजनाबाट ८० घरपरिवार, बराहदेही लिफ्ट खानेपानी योजनाबाट ५० घर परिवार र झम्राङ्ग खानेपानी योजनाबाट ५० घर परिवार गरी १ सय ८० घरपरिवारले जनप्रतिनिधि आएपछि एक घर एक धाराको सुविधा पाएका छन् ।

घरघरमै धारा जडान भएपछि सबैभन्दा सुख गाउँका महिलाहरूलाई भएको छ । घर– धन्दासँगै घण्टौं हिँडेर पानी बोक्नुपर्ने बाध्यता हटेको छ । पानी बोक्ने समयमा अन्य काम गर्न पाएको सरसफाई बढेको, प्रशस्त पानी भएकाले घर घरमै सागसब्जी उत्पादन बढेको कुमारी बाह्रघरेले बताउनुभयो । हाल निर्माणका क्रममा रहेका बेसारघाहा लिफ्ट खानेपानी योजनाबाट ६० घर परिवार, वडा ४ देवीनगरको पनेरदी लिफ्ट खानेपानी योजनाबाट ७० घरपरिवार वडा ६, हेक्लाङ्गको पोखन्दी लिफ्ट खानेपानी ७० घरपरिवार र चेभुङ्ग लिफ्ट खानेपानीबाट ३० घर परिवार र वडा १ सिलुवाको पोखन्दी लिफ्ट खानेपानी योजनाबाट ३ सय घर परिवारका लागि नयाँ धारा जडान हुनेछ । पालिकाले आउँदो असार मसान्तसम्ममा ९० प्रतिशत घरघुरीमा निजी धारा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्