सिमा क्षेत्रका समस्यालाई समाधान गर्न अध्यक्ष दत्तको निर्देशन


न्युज अफ नेपाल काठमाडौं ।

मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले मधेश प्रदेशको सिरहा र सप्तरीमा रहेको ठाडी-लौकाहा, बेल्ही-लौकाहा, बेल्ही-लक्ष्मीपुर, रामनगर,कोदरकट्टी मा रहेको नेपाल-भारत सिमाको निरीक्षण गरेका छन् ।

आयोगमा सिमा सम्बन्धि विभिन्न प्रकारको उजुरी आएपछि अध्यक्ष डा.दत्त स्वयं सो सिमाहरुमा पुगी स्थलगत निरीक्षण गरेका छन् । साे निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तलाई सशस्त्र प्रहरी बलका बीओपी कमाण्डरहरुले त्यहाँ रहेका समस्या र अवस्थाहरु बारे जानकारी गराएका थिए ।

निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तले लागुपदार्थहरु को ओसार-पोसार, अपराधिक क्रियाकलापहरु हुन् नदिन निर्देशन दिएका थिए । अध्यक्ष डा.दत्तले सिमा संग जोडिएको क्षेत्रहरुमा विभिन्न रणनीति बनाएर सुरक्षामा कमी-कमजोरी आउन नदिन तथा जनताको समस्या लाई प्राथमिकता मा राखेर समाधान गर्न समेत स्थानीय प्रहरी लाई निर्देशन दिएका थिए ।

बोर्डर अनुगमन पश्चात अध्यक्ष डा.दत्तले विभिन्न ग्रामिण क्षेत्रहरुमा पुगेर जनता संग स्थानीय समस्या बारे जानकारी समेत लिएको डा.दत्तको सचिवालयले जनाएको छ । सो क्रममा शिक्षा तथा स्वास्थ्य क्षेत्र संग सम्बन्धित अत्याधिक समस्या रहेको त्यहाँका स्थानीय बासिन्दाहरुले बताएका थिए ।