एमसीसीको विरोधमा सत्तारुढ दलकै कार्यकर्ताले बाले सडकमा आगो



काठमाडौं ।

मिलेनियम च्यालेन्न्ज कर्पोरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ ।

सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ । शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्