प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी, अर्को बैठक ८ गते बस्ने



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभा बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । आज सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

बैठकमा सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए । सभामुखको अनुमतिअनुसार मन्त्री बडुले प्रतिवेदन पेस गरेका प्रतिवेदन पेस गरेका छन् ।

त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक फागुन ८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरिएको घोषणा गरेका छन् । त्यस्तै एमसीसीको टेबल गर्ने तयारी भएपनि सत्ता गठबन्धनमा कुरा नमिलेपछि पर सारिएको छ ।

१६४ दिनदेखिद संसद बैठक अवरुद्ध
प्रतिनिधिसभाको बैठक १६४ दिनदेखि अवरुद्ध छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध हुँदै आएको छ ।

गत २३ गते भदौ गते संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि एमाले सांसदले निरन्तर अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।

एमालेले आफ्नो पार्टीबाट निष्काशित १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै उनीहरूले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएका हुन् । निष्काशित १४ सांसदलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने एमाले सांसदको चेतावनी छ ।

संसदको गतिरोध खुलाउनसभामुख सापकोटाले बोलाएको तीनवटा सर्वदलीय बैठकमा अनुपस्थित भएको एमालेले पार्टीबाट निष्काशित माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना जारी नगरेसम्म संसद अवरोध कायमै राख्ने बताएको छ ।

शुक्रबारको बैठकमा पनि उनीहरूको नाराबाजी चल्यो । आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्