आजको संसद बैठकमा एमसीसी पेश नहुने



काठमाडौं ।

आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी पेश नहुने भएको छ । संसद बैठक बस्नु अघि बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।

तर अहिले संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बसिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषयमा सभामुख सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा एमाले भने सहभागी छैन । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्