दिवश र पूर्ण अन्तिम १६ मा



काठमडौं ।

त्रिभुवन आर्मी क्लबका दिवश शंकर र नेपाल पुलिस क्लबका पूर्णबहादुर थापा लिनिङ्ग ११औं पुष्पलाल स्मृति रेन्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत अन्तिम १६ मा प्रवेश गरेका छन् ।

बिहीबार शीर्ष १६ वरियता भन्दा बाहिरको पुरुष एकलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । उनको सामना पूर्णको सामना गर्नेछन् । पूर्णले चितवनका टेकप्रसाद पौडेललाई २१–९, २१–१६ ले पराजित गरेका हुन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लब (नखिपोट सर्कल)को संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्नेमा सेनाका विवेक चौधरी र ललितपुरका निखिल भट्ट रहेका छन् । चौधरीले हुम्लाका दशरथ बुढालाई २१–८, २१–१३ र निखिलले सुर्खेतका अनिल मल्ललाई २१–१९, २१–१९ को समान अन्तरले पराजित गरे ।

नखिपोटस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु–१७ एकलको प्रतिस्पर्धामा १६ फिदरका अमन महर्जनले देवीनगरका अदिश कार्कीलाई २३–२१, २१–८ ले, गुल्मीका जनिश शेरचनले मोरङ्गका महेश खड्कालाई २१–११, २१–११ ले, एनजेसी डल्लुका स्वयं मानन्धरले संखुवासभाका प्रशान्त श्रेष्ठलाई २१–१६, २१–१२ ले तथा सुनसरीका रोधन राईले १६ फिदरका आरुष सिम्खडालाई २१–५, २१–१० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाउन सफल भए ।

प्रतिक्रिया दिनुहोस्