सबै काम अगाडि बढाउँछु : थापा



काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्य–सचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई अगाडि बढाउने बताएका छन् । बिहीबार पदवहाली गर्ने क्रममा थापाले सो कुरा बताएका हुन् ।

अहिलेको टड्कारो आवश्यकता भौतिक पूर्वाधार हो । जुन ठप्प रूपमा छन् तिनलाई अगाडि बढाउँछु ।’ पदवहाली गर्ने क्रममा थापाले भने– एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुदका लागि शुरु हुनुपर्ने खेलाडीको प्रशिक्षण र पूर्वाधारका काम पनि सबै अगाडि बढाउँछु । सदस्य–सचिवको अनुपस्थितिमा थाती रहेका सबै काम अगाडि बढाउँछु ।’

थापाले करिब २८ वर्ष आफू राखेपमै बिताएको बताउँदै भने– यहाँका सबै समस्याका बारेमा मलाइ जानकारी छ । मैलै बुझ्दै छु भन्न पाउँदिन । जुन ग्यापले हाम्रो समस्याहरू अड्केर बसेका छन् ऐन, कानुन, नियम, विधि, विधानलाई हेरेर मन्त्रीज्यू, उपाध्यक्षज्यू, कार्यकारी समितिलगायत सरोकारवाला सबैसँग समन्वय गरी काम गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्