कलंकीमा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा निस्क्रिय



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको कलंकी नजिकै ढुंगेअड्डामा तार जोडेर खतरा लेखिएको प्रेसर कुकर बम निस्क्रिय पारिएको छ । कालिका पेट्रोल पम्प नजिक सडकमा आज बिहान भेटिएको दुई वटा बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको हो ।

बम कसले राखेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान शुरू गेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेला बम राखेरसमेत राजधानीमा आतंक फैलाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्