मेयरमा २१ वर्षका भाटको उम्मेदवारी घोषणा



कैलाली ।

आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितिष्णा बदल्नको लागि स्वतन्त्र रुपमा राजनितिमा सक्रिय भएको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरुमाझ लोकप्रिय छन् । असहाय बालबालिकाहरुको लागी सहारा बन्दै आएका, आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागी सहयोग अभियान सन्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छ्न ।

‘यो समय समाजमा फरक सोच राख्ने ब्यक्तिहरुको लागि पनि सर्बेक्षणको समय हो । यो समय मत मात्रै होइन मनको सर्बेक्षण गर्ने पनि समय हो’, भाटले भने, – ‘नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेहरुको लागि एउटा समय हो त्यसैले पनि मैले उम्मेदवारीको घोषणा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्