आज प्रतिनिधि सभाको बैठक बस्दै

बिहान ११ बजे कार्यव्यवस्थाको बैठक पनि बस्ने



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्नेमा धेरैको चासो छ । तर, संघीय संसद सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै कार्यसूची छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकका लागि सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी भने परेको छैन । यद्धपी नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुट्न सकेको छैन ।

यसैबीच बैठकका कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्