कलंकीमा भेटियो २ वटा प्रेसर कुकर बम



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम भेटिएको छ । झोलामा राखेको अवस्थामा बम भेटिएको हो । अहिले उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा हालेर राखेको छ ।

उक्त बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय गर्ने तयारी गरेको छ । बम कसले राखेको हो भन्नेबारेमा भने खुलेको छैन । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेला बम राखेरसमेत राजधानीमा आतंक फैलाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्