फुटबलर हरि खड्का नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर

0
Shares

न्युज अफ नेपाल काठमाडौं । 

नेपालका चर्चित फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

नेपाल प्रहरीमा जागिर खान शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको प्रमाणित भएपछि अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको थियो ।