सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

एमालेनिकट युवा संघ र युथ फोर्सले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले सडकमै ‘कवाडी पसल’ राख्नेदेखि चिया पकाएर खानेसम्म गरेर मूल्यवृद्धिको विरोध गरेका हुन् । मुल्यवृद्धिको कारण दैनिक जनजीवन असामान्य भएको र मोटरसाइकल स्कुटरजस्ता सवारी साधन चढ्नसमेत गाह्रो भएको उनीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्