२४ घण्टामा थपिए ५७० जना नयाँ संक्रमित, ६ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५७० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ । पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सो अवधिमा एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ जना रहेको छ ।