न्युज अफ नेपाल, काठमाडौं ।
सत्ता गठबन्धनको बैठकअघि सत्ता साझेदार तीन दलको बैठक सिंहदरवारमा भइरहेको छ ।
माओवादी संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव सिरहामा रहेकाले बैठकमा श्रेष्ठ सहभागी भएको बताइको छ ।अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा साझा धारणा बनाउन तीन दलका नेताहरुबीच छलफल भइरहेको बताइएको छ ।
एमसीसीको विषयमा अन्तिम निणर्य गर्न सत्ता गठबन्धनको बैठक आज ५ बजे बस्दै छ । सो बैठकमा एमसीसी अनुमोदन गर्न अमेरिकासँग थप समयसीमा माग्ने माओवादीले प्रस्ताव गर्ने बताइएको छ ।
प्रतिक्रिया