प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे अमेरिकी राजदूत बेरी



न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर सत्ता गठबन्धन नै धरापमा परिरहेका बेला नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

बुधबार दिउँसो बसेको संसद बैठकमा एमसीसी पेश हुन नसकेपछि एमसीसीको दाता मुलुक अमेरिकी राजदूत बेरी देउवासँग छलफलका लागि बालुवाटार पुगेका थिए । बुधबार दिनभर एमसीसीलाई लिएर देशव्यापी प्रदर्शन भएको थियो ।

यो अवस्थामा एमसीसी पास गराउने सम्भावित विकल्प र रणनीतिबारे बेरीले प्रधानमन्त्री देउवासँग छलफल गरेको स्रोतले जानकारी दिएको छ । सत्तारुढ दलभित्रै एमसीसीलाई लिएर सहमति जुट्न नसकेपछि संकटमा परेका देउवाले सम्भावित विकल्पबारे राजदूत बेरीसँग छलफल गरेको स्रोतले बताएको छ ।

देउवाले बुधबार संसदमा एमसीसी संसदमा लैजाने कोशिस गरे पनि असफल भएका थिए ।अमेरिकाले एमसीसीमा थप समय दिन नसकिने अडान लिएपछि देउवाले शुक्रबारसम्म संसदमा टेबल गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्