न्युज अफ नेपाल, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिम न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने भएको छ । पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
बिहिबार भने प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।











प्रतिक्रिया