मुस्लिम समाजको सहयोग

0
Shares

स्याङ्जा ।

हिन्दू धर्म दर्शनले ‘परोपकाराय पुण्याय, पापाय परपीडनम’ भनेको छ । अर्थात् असहाय, पीडित, दीन–दुःखी मानिसको सेवा नै भगवान्को सेवा हो भनेको छ । तर, अहिले दरिद्र मानसिकताले भरिएका केही व्यक्तिहरूका कारण समाजसेवा एउटा फेसन बनेको छ । समाजसेवा गर्ने समाजसेवी बन्नेहरूको होडबाजी चलेको छ । अनौठो कुरा त के छ भने जसले केही गर्दैन, बिहान बेलुका चिया पसलमा बसेर गफ मात्र गर्छ, ऊ पनि समाजसेवी हुन्छ । समाज सेवा के हो भन्ने कुरा स्पष्ट नभए पनि हाम्रो सभ्यतामा समाजसेवा प्रशंसनीय काइ हो, समाजसेवी आदर्श व्यक्ति हो । अहिले नेपालमा सेवा कै नाममा अनेक संस्था, संगठन खुलेका छन् ।

सेवाकै नाममा धेरैको रोजीरोटी चलेको छ । राजनितिक दल पनि जनताको सेवा गर्छौं भन्छन्, अस्पताल, अदालत, आदि त झन् सेवा गर्नकै लागि बनेका, सरकारी कर्मचारी त झन् नाम नै राष्ट्रसेवक कर्मचारी भइहाले, व्यापारीहरू पनि ‘सेवा गर्ने मौका अवश्य दिनुहोला’ भन्छन् ।

साँच्चिकै समाजसेवामा तल्लिन देखिएको छ, स्याङ्जाको मुस्लिम समाज । स्याङजा बाड्खोला मुस्लिम समाज पुतलीबजार नगरपालिका–३, ले एक काइक्रमका बीच फेदीखोला गाउँपालिकामा रहेको अमोर सेवा नेपालमा रहेका २७ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री, खाद्यान्न र नगद हस्तान्तरण गरेको छ ।

शैक्षिक सामाग्री हस्तान्तरण गर्दै स्याङजा बाड्खोला मुस्लिम समाजका अध्यक्ष सैदुदिन मियाँले अनाथ बालबालिकालाई र गरिब जेहेन्दार बालबालिकालाई खुलेर सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले इस्लाम धर्मले नै गरिब जेहन्दार बालबालिकाहरूलाई अनिवार्य रूपमा सहयोग गर्नुपर्ने बताएअनुरूप सहयोग गरिएको जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण काइक्रममा पुतलीबजार नगरपालिका–३ का वडा सदस्य अली मोहम्मद र नुरी इस्लामिक विद्यालयका पुतलीबजार नगरपालिका–३ का अध्यक्ष अली मियाँ ‘मुमु’ लगायतले मन्तव्य राख्नुभएको थियो ।

शैक्षिक सामग्री ग्रहण गर्दै अमोर सेवा नेपाल बाल गृहकी अध्यक्ष कमला पराजुलीले सहयोगी हात स्याङजा बाड्खोला मुस्लिम समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो । काइक्रमको सञ्चालन सचिव इकबाल अलीले गर्नुभएको थियो । लामो समय देखि छिमेकी जिल्लाहरूमा समेत सहयोग उपलब्ध गराएको स्याङजा बाड्खोला मुस्लिम समाजले जनाएको छ । मुस्लिम समाजले आउने पिडीलाई असल चरित्र निमार्ण गर्नको निम्ती जानकारीसहित विभिन्न सचेतनामूलक काइक्रमहरूको आयोजना गरेको नुरी इस्लामिक विद्यालयका अध्यक्ष अली मियाँ ‘मुमु’ ले बताउनुभयो ।

स्याङ्जा बाड्खोला मुस्लिम समाजको समन्वय गरेर बाड्खोला मुस्लिम युथ क्लबले तनहुँ जिल्लाको तुरतुरे बजार निबासी एक महिलालाई आर्थिक सहयोग स्वरूप २५ हजार सहयोग हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरणमा क्लबका अध्यक्ष अयुब मियाँ, सचिब मकबुल मियाँ, स्याङ्जा मुस्लिम युथ का अध्यक्ष सागिर अलिले सहजीकरण गर्नुभएको थियो ।